११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्णालीमा एकीकृत मन्त्री क्वाटर बनाउने विषयमा छलफल

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया केन्द्र सरकारका सहरी विकास मन्त्री रामकुमारी झाँक्रीबीच कर्णालीमा एकीकृत मन्त्री क्वाटर बनाउने विषयमा छलफल भएको छ। कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय अन्तर्गत मन्त्रीहरुका लागि आवश्यक क्वाटर एकिकृत रुपमा निर्माणका लागि दुई मन्त्रीबिच छलफल भएको हो।

छलफलले कर्णालीमा एकीकृत मन्त्री क्वाटर भवन निर्माण गर्ने टुंगो लागेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकायाले जानकारी दिए। कर्णाली प्रदेश सरकारले एकीकृत मन्त्री क्वाटर भवन निर्माणका लागि संघीय सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागमा प्रस्ताव पेश गरेको थियो।

अहिलेसम्म उक्त प्रस्तावमाथि छलफल नहुदाँ आवश्यक प्रक्रिया अघि बढ्न सकेको थिएन। प्रस्ताव अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडीको वीरेन्द्रनगर नगरपालिकाको नाममा रहेको सरकारी खाली जग्गामा एकिकृत मन्त्री क्वाटर भवन निर्माण हुने भएको छ।

कर्णालीमा मन्त्रालयका लागि काम चलाउ भवन उपलब्ध भएपनि मन्त्री क्वाटरका लागि भने भवन अभाव देखिएको छ। मन्त्री क्वाटरका लागि सरकारी भवन खोज्नु पर्ने तथा भाडाको घर खोज्नुपर्ने स्थिती कायमै भएपछि मन्त्री रोकायाले यो समस्याको दिर्घकालिन समाधानका लागि एकीकृत मन्त्री क्वाटर भवन निर्माणको प्रस्ताव स्वीकृतीका लागि पहल थालेका हुन्।

मन्त्री रोकायाले संघीय सहरी विकास मन्त्री झाँक्रीलाई मन्त्रालयमै भेटेर एकीकृत मन्त्री क्वाटर भवन निर्माणको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए। दुई मन्त्रीबिचको छलफलपछि सहरी विकास मन्त्री झाँक्रीले प्रस्ताव कार्यान्वयनका लागि तत्काल प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकी छिन्।

मन्त्री रोकायाका प्रमुख स्वकिय सचिव अमर रोकायाले सहरी विकास मन्त्री झाँक्रीले कर्णालीमा एकीकृत मन्त्री क्वाटर निर्माण हुने आश्वासन दिदै त्यसको लागत स्टमेट निकाल्न विज्ञहरुसँगको छलफलसँगै प्राविधिक टोलीलाई निर्देशन दिने बताइन्। सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्ने भएको छ। जसमा सुरक्षाका लागि बस्ने प्रहरीका ब्लक भवन लगायतका भौतिक संरचना निर्माण गर्ने तयारी छ।

प्रकाशित: ४ फाल्गुन २०७८ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App