६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

फाइलतस्बिर

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो।

आज बस्ने संसद बैठकको कार्यसूची तय गर्न प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक बोलाएका हुन्।

नियमित संसद अवरोध गर्दै आएकाे एमाले भने परामर्श समितिको बैठकमा सहभागी भएको छैन। एमसीसीबारे दुई धारमा देखिएको जनता समाजवादीका प्रतिनिधि पनि बैठकमा सहभागी भएका छैनन्।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। सो बैठकमा सरकारले एमसीसी परियोजना टेबुल गर्ने तयारी गरेको छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App