१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

फुङ्लिङमा एमसीसीविरुद्ध एकीकृत समाजवादी निकटकाे प्रदर्शन

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ। सत्तारुढ दल नेकपा एकिकृत समाजवादी निकट युवा संघ र अनेरास्ववियूले आइतबार फुङ्लिङमा प्रर्दशन गरेका हुन्।

नेकपा एसको पार्टी जिल्ला पार्टी कार्यालयबाट निस्केको र्‍यालीका सहभागीले एमसीसी चाहिदैंन,राष्ट्रघाती काम गर्न पाइदैंन,एमसिसी चाहिदैंन देश बेच्न पाइदैंन जस्ता नारा लगाउँदै नगर परिक्रमा गरेका थिए। नगर परिक्रमा पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले एमसीसी जनहित विपरित र राष्ट्रघाती भएकोले यस विरुद्ध आम नेपाली एकजुट हुनुपर्ने बताए।

एमसीसीले अफ्रिका, ल्याटिन अमेरिका र एशिया महादेशमा गरी २४ देशमा सहकार्य गरिरहेको छ। त्यसमा १७ देशमा कार्यान्वयनमा रहेका कम्प्याक्ट र थ्रेसहोल्डमा छन् भने १० वटा विकासक्रममा छन्। सन् २०१७ मा नेपालले आफ्नो आवश्यकताका ३ सय १८ किमी लम्बाइको ४ सय केभीको प्रसारण लाइन, ३ सय  किमी लम्बाइको राजमार्गमा स्तरोन्नति गर्नेलगायतका परियोजनामा सहमत भएर एमसिसीअन्तर्गत ५० करोड डलर अर्थात् ५६ अर्ब अनुदान सहायतासम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए।

प्रकाशित: १ फाल्गुन २०७८ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App