सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गरेका छन्।
बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा प्रवक्ता महतले यस्तो बताएका हुन्। उनले बैठकमा स्थानीय निर्वाचनको बारेमा छलफल भएको पनि बताए।
प्रवक्ता महतले बैठकमा वक्ताहरुले बोल्ने क्रम नसकिएकोले भोलि पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको निर्वाचन, भातृसंगठनहरुको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको बताए।
बैठकमा वक्ताहरुले एमसीसीलाई कसरी चाँडै निस्कर्षमा पुर्याएर टुंग्याउने कुरामा बिस्तृत छलफल भएको बताए। उनले एमसीसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निस्कर्षमा पुग्ने बताए। प्रवक्ता महतले विधानको व्यवस्थाअनुसार पार्टीले भातृ संगठनहरुको बारेमा निर्णय गरेर अघि बढ्ने पनि बताए।
प्रकाशित: २७ माघ २०७८ १३:०२ बिहीबार