१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरबन्दीहरुलाई २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीहरु २०७९ साल असारसम्मको लागि स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए। सरकारले सूचना तथा संचार प्रविधि प्रतिष्ठानमा विज्ञ सदस्य कमलबहादुर श्रीस थापालाई नियुक्त गरेको छ।

पाल्पा दरबार संग्रहालय विकास समिति (गठन) आदेश, २०७८ स्वीकृति गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७८ को अनुसूची हेरफेरका लागि स्वीकृति प्रदान गरेको छ। स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि, २०७८ स्वीकृत  गर्नुका साथै प्रदेश खेलकुद विकास ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित: २५ माघ २०७८ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App