६ वैशाख २०८१ बिहीबार
राजनीति

सहमति र सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड

बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलले सहमति र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। सहमति, सहकार्य र एकताले मात्रै सफलता पाउने भएकाले अहंकारको भावना त्याग गर्नु जरुरी रहेको उनले बताए।  

भक्तपुर कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कुलको भवनको आइतबार शिलान्यास गर्दै उनले समस्या र चुनौतीका बावजुद पनि अघि बढ्न सक्ने मात्र सफल हुने बताए। यही कारण संघर्ष गर्न छोड्न नहुने उनको भनाइ थियो। उनले विद्यालयको विकासका लागि आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विद्यालयको सफलताको कामना गरे।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेत, नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ का जीवन खत्री, चाँगुनारायण नगरपालिका वडा नं ५ का वडाध्यक्ष जयन्द्र खड्का, शिक्षक विश्वबहादुर दुवाललगायतले शिक्षा क्षेत्रमा थुप्रै गुनासो रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रको सुधार आवश्यक रहको बताए।  

विद्यालयका प्रिन्सिपल डा राजेन्द्र कोजूले हाल विद्यालयमा ६ सय ३३ जना विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिँदै २०७० साल फागुन ७ गतेबाट विद्यालय सुरू गरिएको स्मरण गरे। उनले हाल विद्यालय ६ वटा भवनबाट सञ्चालनमा रहेको कार्यक्रममा बताइयो। भवनको डिजाइन भक्तपुरस्थित मेथड कन्सल्टेन्सी कमलविनायकले गरेको हो। भवन भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा पर्दछ।

प्रकाशित: २३ माघ २०७८ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App