coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश सरकार गठन: मन्त्रीको नाम र संख्यामा अझै असुन्तष्ट

कर्णाली प्रदेश मुख्ममन्त्रीको कार्यालय। तस्बिरः गोविन्द/नागरिक

जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएको ३ महिना नाघिसक्यो। सत्तारुढ दलभित्रबाटै विभिन्न कारण देखाएर रोकिएको मन्त्रिपरिषद् गठन प्रकृया आईतबार गर्ने तयारी गरिएको छ। दलहरुले प्रदेशमा टुंगाउन नसकेपछि केन्द्रबाट मन्त्री र संख्या टुंगिएको हो। फेरि प्रदेशमा केन्द्रले छानेको मन्त्रीको नाम र दलहरुबीच बाँडिएको मन्त्री संख्यामा विवाद बढेको हो। कुन दलले कति मन्त्री पाउने र मन्त्रालय भागबण्डामै सत्तारुढ दलहरुविच अहिले पनि पेचिलो मुद्दा बन्दै गईरहेपछि विवाद बढेको हो।

केन्द्रबाट टुंगिएर आएपनि कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)  विच मन्त्रीको संख्या र मन्त्रालय बाँडफाड मिलेको छैन्। जसले गर्दा आईतबार मन्त्रिपरिषद् गठनमा असर पर्ने सम्भावना देखिएको छ। माओवादी केन्द्रले ४ वटा, काँग्रेसले ३ वटा, नेकपा (एकीकृत समाजवादी) ले ३ वटा मन्त्री र मन्त्रालय दावी गरिरहेका छन्। 

केन्द्रले माओवादीलाई ३ वटा, काँग्रेसलाई ३ वटा र एकीकृत समाजवादीलाई २ वटा मन्त्री दिने सहमति गरेर पठाएको थियो। त्यही अनुसार आईतबार बाँकी रहेका ५ वटा मन्त्रीलाई सपथ खुवाउने कार्यक्रम तयारी भएको जनाईएको थियो। तर, माओवादी र समाजवादीका प्रदेश नेताहरुले किचलो थप्दै गएपछि मन्त्रिपरिषद् गठनमा असर पर्ने देखिएको छ। यसअघि माओवादी केन्द्रका विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीबाट चन्द्रबहादुर शाही भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री छन्।

कर्णाली प्रदेश संसदिय दलको सहमति विपरित केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न दवाव दिएको थियो। दवाव दिएर मन्त्री हुनेमा हुम्लाका गैरसांसद छिरिङ डमदोल लामा (कोर्चेन) हुन्। माओवादीबाट मन्त्रीको लागि सिफारिस भएका जाजरकोटका गणेशप्रसाद सिंह हुने भएका छन्। सिंह माओवादी नेता शक्ति बस्नेत निकट हुन्। त्यस्तै समाजवादीबाट जुम्लाका पदम रोकाय मन्त्री बन्ने सुचीमा रहेका छन्। माओवादी केन्द्रका संसदिय दलका प्रमुख सचेतक ठम्मर विष्टले सांसदभित्रबाट जो सुकैलाई मन्त्री बनाउपनि आपत्ती नहुने बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) मा पनि सरकारमा मन्त्री परिषद् विस्तारका विषयलाई लिएर विवाद सुरु भएको छ। एकीकृत समाजवादीका कर्णलीका नेताहरु ३ वटा मन्त्रालय लिएर रुकुमकी देवी ओलीलाई मन्त्री बनाउन कसरत गरेका छन्। तर, केन्द्रबाट २ वटा मन्त्री दिने सहमति भएपछि प्रदेशका नेताहरुमा असुन्तष्टी बढेको हो। मन्त्रीको सिफारिस सहित तीन मन्त्रालय पाउनुपर्ने अडान लिए कर्णाली नेताहरु काठमाडौं शनिवार जाँदैछन्।  

काँग्रेसबाट यज्ञबहादुर विसी र हिमबहादुर शाही मन्त्री बन्दैछन्। यज्ञबहादुर विसी यसअघि पनि सामाजिक विकास मन्त्री बनिसकेका छन्। कुनै अवरोध नभए पाच जना मन्त्रीहरु काँग्रेसबाट दुई, समाजवादीबाट १ जना र माओवादीबाट दुई जना आईतवार मन्त्री बन्दैछन्।

प्रकाशित: २३ माघ २०७८ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App