१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा मतदान जारी

राष्ट्रियसभा सदस्यको लागि मधेस प्रदेशमा मतदान जारी छ। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदाताले मतदान गरिरहेका छन्।  

मधेस प्रदेशबाट रिक्त दुई राष्ट्रिय सभा सदस्यका लागि पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमाले– लोकतान्त्रिक समाजवादी (लोसपा)  को गठबन्धन भएको छ। यो प्रदेशमा एकजना अन्य र महिला गरी दुई पदका लागि मतदान भैरहेको छ।

पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपाका मोहम्मद खालिद उम्मेदबार छन्। एमाले–लोसपा गठबन्धनबाट एमालेका उसमान अन्सारी र लोसपाकी रुपा यादव उम्मेदवार छन्। मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ।

यस प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्।

प्रकाशित: १२ माघ २०७८ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App