८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारप्रति जनता खुसी छैनन्ः प्रदेशसभा सदस्य दवाडी

गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले सरकारका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सत्तारुढ दल नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्तासमेत रहेका दवाडीले सरकारका कामकारबाही सन्तोषजनक नभएको बताएका हुन्। मंगलबार पाेखरामा पत्रकार सम्मेलन गरी उनले सरकार सक्षम हुँदाहुँदै पनि अहिले भइरहेका काममा सन्तुष्ट भएर बस्न सकिने अवस्था नरहेको बताए। दवाडीले देशको अवस्था कोरोना महामारीका कारण नाजुक रहेपनि सरकारले कोभिडविरुद्धको खोपबाहेकका क्षेत्रमा काम अघि बढाउन नसकेको बताए।

प्रदेशसभा सदस्य दवाडीले गरिरहेका काममा जनता पूर्णरुपमा खुसी नरहे पनि सरकारले विकासका कामहरुलाई अघि बढाइरहेको बताए।

प्रकाशित: ११ माघ २०७८ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App