८ वैशाख २०८१ शनिबार
राजनीति

नोबेल आन्दोलनः शर्माको पुत्ला दाहसंस्कार

दुई सातादेखि नोबेल मेडिकल कलेजविरुद्ध आन्दोलन थालेका विद्यार्थीहरुले बिहीबार कलेजका सञ्चालक सुनील शर्माको पुत्ला दहन गरेका छन्।

अतिरिक्त शुल्क नबुझाएका एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरुलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा कलेजका सञ्चालक सुनिल शर्माको अन्त्येष्टि गरेका छन्। आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले कलेज अगाडि सञ्चालक शर्माको अन्त्येष्टि गरेका हुन्। उनीहरुले सञ्चालक शर्माको कृत्रिम शव बनाएर अस्पताल परिसर परिक्रममा गर्दै मुलद्वारमा विधिवत् रुपमा दाह संस्कार गरे।

कलेजमा रहेको १ सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ।

त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन्। कलेजले अभिभावकसँग गर्ने सम्झौता पत्रमा विश्वविद्यालय दर्ता शुल्क २५ हजार, आवद्धता शुल्क ९८ हजार ५ सय ७९, परीक्षा शुल्क ११ हजार, आवेदन फारमको ३ हजार रूपैयाँ तोकेको छ। छात्रावास ऐच्छिक भने पनि कलेजले एउटा कोठाको मासिक २४ हजार तोकेको छ।

प्रकाशित: २९ पुस २०७८ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App