७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेमाथि चौतर्फी घेराबन्दी भयोः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी घेराबन्दी भइरहेको बताएका छन्। एमालेलाई रोक्नकै लागि गठबन्धन र घेराबन्दी भएको उनले बताए।

बाँकेको नरैनापुरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमालेलाई जनताले रुचाएका कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको छ।’ एमालेसँग चुनाव लड्न अन्य दलहरु डराइरहेको महासचिव पोखरेलको आरोप छ। ‘एक्लै चुनाव जितिदैन भनेर उनीहरु डराइरहेका छन्, त्यसकारण गठबन्धन गरेका हुन्,’ उनले भने।

एमाले पार्टीविरुद्ध घेराबन्दी  र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले बताए। एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर गठबन्धन भएकोे उनको जिकिर छ। एमाले पार्टी देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा रहेको नेता पोखरेलले बताए।

सो क्रममा महासचिव पोखरेलले नरैनापुरका रामकुमार दिक्षित लगायतलाई एमाले पार्टीमा प्रवेश गराएका थिए।

अधिवक्ता समेत रहेका दिक्षित यसअघि जनता समाजवादी पार्टी ९जसपा० मा आवद्ध रहेका थिए। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ठुलो संख्यामा एमालेमा प्रवेश गरेको उक्त पार्टीले दाबी गरेको छ।

प्रकाशित: १७ पुस २०७८ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App