३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

आफ्नै भाइबहिनीलाई सम्झाउन नसक्नु मेरो कमजोरी हो: डा.कोइराला

विराटनगर विमानस्थलमा पत्रकारहरूसँगकुरा गर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला। तस्बिर: नागरिक

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १४औं महाअधिवेशनमा आफ्नै भाइबहिनीको चित्त बुझाउन नसक्नु आफ्नो कमजोरी भएको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले आफ्नै भाइबहिनी र आफ्ना नेताहरूको चित्त बुझाउन नसक्नु आफ्नो कमजोरी भएको बताएका हुन्।  

कोइरालाले आफ्नो परिवार र नेताहरूलाई सम्झाउन नसक्दा हार वेहोर्नुपरेको स्पष्ट पारे। ‘आफ्ना नेता र परिवारका सदस्यहरूको चित्त बुझाउन नसक्नु १४औं महाअधिवेशनमा मेरो कमजोरी भयो’ उनले भने‘ मैले सम्झाउन नसकेकै कारण उहाँहरू अर्कोतर्फ लागिदिनु भयो। ’कोइरालाले अधिवेशनको विषय छाडेर आगामि तीन तहको निर्वाचनमा केन्द्रित हुन सबै नेता कार्यकर्तालाई आग्रह गरे। 

उनले भने‘ महाअधिवेशनमा दुई धार भए पनि काँग्रेस एउटै पार्टी भएकाले म तीन तहको निर्वाचनमा केन्द्रित भइसकेको छु। अरु साथिहरूलाई पनि निर्वाचनमा केन्द्रित भएर लाग्न आग्रह गर्दछु।’ कोइरालाले वरियता भन्दा पनि कार्यकर्ताको माया महत्वपूर्ण रहेकाले आफूले वरियतालाई महत्व नदिएको बताए। उनले भने‘बरियता त कार्यकर्ताले दिनेहुन्, मलाई महाअधिवेशनमा १ हजार ८ सय बढीले समर्थन गरेका छन्।’ कोइरालाको स्वगतमा विराटनगर विमानस्थलमा स्थानीय नेता कार्यकर्ताको भीड लागेको थियो।

प्रकाशित: १२ पुस २०७८ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App