८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

थपिए ७० हजार मतदाता

मतदाता नामावलीका लागि फोटो खिचाउँदै । फाइल तस्बिर

फागुन २१ गते घोषणा गरिएको निर्वाचनलाई ७० हजार ४ सय १५ जना नयाँ मतदाता थपिएका छन् ।  

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार २०६४ साल फागुन २० गतेसम्म जन्मिएका नेपाली नागरिकले फागुन २१ गतेको निर्वाचनमा भाग लिन सक्ने छन् ।  

निर्वाचन आयोगले अनलाइनबाट मतदाता नामावलीमा नाम राख्न सकिने व्यवस्था मिलाएको छ । फोटो खिचाउन भने नजिकैको निर्वाचन कार्यालयमा जानु पर्ने व्यवस्था छ ।  

२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा करिब १ करोड ८० लाख मतदाता थिए ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम राख्न आगामी कात्तिक ३० गते सम्मको समय दिएको छ । कात्तिक ३० गते पछि अनलानइनबाट फाराम भर्न नसकिने व्यवस्था आयोगले मिलाएको छ ।

प्रकाशित: २ कार्तिक २०८२ १९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App