coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेका नेता कार्यकर्ताले पार्टी विभाजनको कारण खोज्नुपर्छ : प्रचण्ड

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौँ महाधिवेशनमा आफुहरुको आत्मसमीक्षा र आत्माआलोचना गरिने बताएका छन्। 

आइतबार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको आठौँ महाधिवेशनमा पार्टी आजको दिनसम्म विचार, संगठन, संरचना, रणनीति र कार्यनीतिको सम्बन्धमा कहाँ चुक्यो त्यसको समीक्षा हुने बताए। उनले माओवादी पार्टी अहिले कमजोरजस्तो देखिनुमा अरुलाई आरोपित नगर्ने भन्दै आफु प्रमुख नेता भएकाले आफैँलाई चिरफार गरेको पनि उल्लेख गरे।  

अध्यक्ष दाहालले माओवादी केन्द्रको महाधिवेशनमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहने र समाजवादी आन्दोलनलाई अगाडी बढाउन चाहानेहरु सबैलाई उत्प्रेरणा दिने उद्देश्यले प्रस्तुत हुने जानकारी दिए।

उनले नेकपा एमालेसँग गलत उद्देश्यले एकता नगरेको भन्दै के कारणले पार्टी विभाजन हुन पुग्यो समीक्षा आत्मसमीक्षा गर्न नेकपा(एमाले)का नेता, कार्यकर्ताहरुलाई आग्रह गरे। देशलाई स्थायित्व दिन र समाजवादतिर लैजाने उद्देश्य राखेर एकता गरिएको उनले स्पष्ट पारे। पार्टी एकता गरेर गल्ती नगरेको जिकिर गर्दै उनले समीक्षा आवश्यक रहेको बताए।

आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म चल्ने भएको छ। सोमबारदेखि बन्दशत्र सुरु हुने माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित: ११ पुस २०७८ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App