१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनः सबै पदको मतगणना सम्पन्न

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको हो।

कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएकाले आजै रातिसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए। कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेसीलगायत क्लस्टरअनुसारको मतगणना सम्पन्न गरिसकेको छ।

बाँकी रहेका आदिवासी जनजाति केन्द्रीय सदस्य, खस आर्य केन्द्रीय सदस्य महिला तथा पुरुषको पनि गणना अन्तिम चरणमा पुगेकाले आजै सबै सूची सार्वजनिक गरिने संयोजक घिमिरेले जानकारी दिए। निर्वाचित उम्मेदवारलाई भोलि प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत निर्वाचन समितिले गरेको छ।

कांग्रेसले १४औँ महाधिवेशनमा १३४ कार्यसमितिका लागि निर्वाचन गरेको थियो। निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। कांग्रेसको १४औँ महाधिवेशनबाट वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए।

प्रकाशित: ८ पुस २०७८ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App