१५ चैत्र २०८० बिहीबार
राजनीति

२३ गते राजधानीमा जन लहर उतार्छौं: पूर्वमन्त्री श्रेष्ठ

नेकपा एमाले सांसद, स्थायी समिति सदस्य एवं वागमती प्रदेश सह–इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गतेको छैठौ जिल्ला अधिवेशन भब्य बनाउन निर्देशन दिएका छन्।

काठमाडौं क्षेत्र प्रदेश–९ ख कमिटिको आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले जिल्ला  अधिवेशनलाई पार्टीको १० औं महाअधिवेशनको झल्को दिने गरी कार्यकर्ता उतार्न निर्देशन दिएका हुन्।

उनले भने, ‘१० औ महाअधिवेशनमा जसरी जनलहर उत्रियो सोही जन लहर काठमाडौंमा उत्रनुपर्छ।’ पूर्वमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले आउँदो निर्वाचनपछि नेकपा एमालेलाई एक नम्बरको पार्टी बनाउन सबै लागिपर्नुपर्ने बताए।

बैठकमा नेता श्रेष्ठले पार्टी महाधिवेशनमा भएको गतिविधिको बारेमा जानकारी गराए। बैठकमा केन्द्रीय सदस्य सांसद विना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर एवं पार्टी केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले समसामयिक राजनीतिको बारेमा बोलेका थिए। बैठकमा प्रदेश सदस्य भगवान घले, गोपीचन्द्र कार्की, ईश्वर विडारी लगायतले केन्द्रीय सदस्यमा विजयी नेतालाई शुभकामना व्यक्त गरे।  बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा अजयक्रान्ति शाक्य, विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो।  

प्रकाशित: ७ पुस २०७८ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App