१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

काठमाडौंको मेयरमा उठ्ने र्‍यापर बालेन शाहको घोषणा

र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली जनतालाई खुसी दिन आगामी चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने जनाएका हुन्।

‘अब युवाको पालो। हामीले पढेलेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौं हामी आफैं बचाउँछौं,’ स्ट्रकचरल इन्जिनियरसमेत रहेका ३१ वर्षीय शाहले लेखेका थिए, ‘मैले यसबारे सोचेको दुई/तीन वर्ष अगाडिदेखि नै हो। अब चुनाव आउन ४/५ महिना बाँकी छ। सबैले विकास गर्छु, यो गर्छु त्यो गर्छु भन्दै पूरा नहुने सपना देखाए। मानिसलाई खुसी केले दिन्छ भन्ने कुरा नै मेरो चाहना हो।’

उनले अगाडि लेखेका छन्, ‘मेरो घर परिवार, जनता, देशलाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो। बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि? मानिसको मनोवैज्ञानिक खुसीका लागि म मेयरका लागि लड्दैछु। मानिस खुसी हुनुपर्‍यो।

मानिसलाई खुसी बनाउन जे चाहिन्छ म त्यो गर्छु। मैले भनेको कुरा मात्र हुनुपर्छ भनेर लाग्दिनँ। मानिसलाई जे कुरा आवश्यकता छ, त्यो कार्यान्वयनको पहल गर्छु।’

प्रकाशित: २ पुस २०७८ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App