१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको दाबी: भ्रष्टाचार विरोधी अभियानलाई निस्तेज पार्न खोजिँदैछ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचारविरुद्ध पहलकदमी गरिरहेको दाबी गरेका छन्।

आइतबार नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘यहाँ भ्रष्टाचारको कुरा आउँछ मलाई अनौठो लाग्छ। मैले यो पटक नेतृत्व गरेदेखि लगातार भ्रष्टाचारविरुद्ध आफ्नो पहलकदमी बढाइराखेको छु। अहिले पनि भ्रष्टहरू गिरफ्तार उनीहरूमाथि मुद्दा चल्ने प्रक्रिया चलि नै राखेको छ,’ उनले भने,‘तर यहाँ सबै भ्रष्टमात्रै छन्, भन्ने जो व्याख्या गरिएको छ। गर्न खोजीको भ्रष्टाचार विरोधी अभियानलाई पनि निस्तेज पार्ने किसिमका प्रचारबाजीहरू ठिक छैनन्।’

उनले भएका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भन्न आग्रह गरे। यस्तै एकथरी प्रवृत्तिका मान्छेहरू केहि भएको छैन, नेताहरू पार्टीहरू खत्तम छन् भन्ने भाष्य निर्माण गर्न तल्लीन रहेको प्रधानमन्त्री दाहालले दाबी गरे।

प्रकाशित: १६ असार २०८१ १६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App