१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा प्रतिस्पर्धा गरौँ: सम्मानित नेता खनाल

फाइल तस्बिर

पूर्व प्रधानमन्त्री एवंम नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा सबैले प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताएका छन्।

आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन।उनले देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा कसरी गर्ने भन्ने कुरामा प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए।

नेता खनालले देशको सामाजिक आर्थिक रूपान्तरण कसरी हुन्छ ? कृषिलाई कसरी अग्र गतितर्फ लैजाने भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताए । उनले देशको शिक्षा र स्वास्थ्यमा धेरै विकृतिहरू रहेको बताए ।

उनले गम्भीर राष्ट्रिय सवालमा एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताए।सम्मानित नेता खनालले सुखी नेपाली समृद्ध नेपालतिर देशलाई सबै मिलेर अघि लैजानुपर्ने बताए। 

प्रकाशित: १६ असार २०८१ १६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App