१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा हालै सम्पन्न छैठौँ वार्षिक साधारण सभाले अध्यक्षसहित कार्यसमिति चयन गरेको हो ।  

अध्यक्ष निर्वाचित भएपछि गोल्छा (गोल्छा समूहका कार्यकारी निर्देशक) ले संगठनको उत्कृष्टताको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।  

मञ्चको प्रथम उपाध्यक्षमा आप्पा शेर्पा, दोस्रो उपाध्यक्षमा अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरुमा क्षितीज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे, निखिल अग्रवाल निर्वाचित भएका छन् ।

नव–निर्वाचित टिमले काठमाडौंको मिशनलाई निरन्तरता दिने र स्थानीय व्यापार वातावरणमा सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल युवा उद्यमी मञ्च काठमाडौंको लक्ष्य नेपालका युवा र महिलामा उद्यमशीलता, नवीनता, र आर्थिक वृद्धिलाई प्रोत्साहित गर्नु हो ।

अध्यक्ष साखःको नेतृत्वमा नेपाल युवा उद्यमी मञ्च काठमाडौंले युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्न नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता र विभिन्न नेटवर्किङ कार्यक्रम गरेका छन् ।  

प्रकाशित: १६ असार २०८१ १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App