२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अमेरिकाले भ्रम फैलाउन खोजेको भन्दै विश्वका ३५५ राजजनीतिक दलहरुद्वारा संयुक्त वक्तव्य जारी

प्रजातन्त्रको अवधारणबारे संयुक्त राज्य अमेरिकाले भ्रम फैलाउन खोजेको भन्दै ३५५ राजनीतिक दलहरुले संयुक्त वक्तव्य जारी गरेका छन्। प्रजातन्त्रको अवधारणाबारे प्रस्ट पार्ने तथा प्रजातन्त्रबारे संयुक्त राज्य(संरा) अमेरिकी प्रशासनले पmैलाउन खोजेको भ्रम चिर्न भन्दै नेपाल मजदुर किसान पार्टी, चिनियाँ कम्युनिस्ट पार्टीलगायत विश्वका १४० देशका ३५५ राजनीतिक दल, सामाजिक संघसंस्था तथा बुद्धिजीवीहरूले संयुक्त वक्तव्य जारी गरेका छन्।

उनीहरुले प्रजातन्त्रको मार्ग पहिल्याउने कार्यमा स्वतन्त्र प्रयास तथा साझा विकासको प्रवर्द्धनका लािग सहकार्य अगाडि बढाउन संयुक्त वक्तव्य जारी राखेको स्पष्ट पारेका छन्।

वक्तव्यमार्फत् मानव समाजको इतिहासमा विकासको अनन्त खोज तथा राजनीतिक सभ्यताको क्रममा प्राप्त महत्वपूर्ण उपलब्धिहरूमध्ये प्रजातन्त्र पनि एक भएको जनाउँदै प्रजातन्त्रका निर्माता, संरक्षणकर्ता तथा विकासकर्ता भएको नाताले प्रजातन्त्रको रक्षा र विकासको मार्ग पहिल्याउने महत्वपूर्ण जिम्मेवारी राजनीतिक दलहरूले वहन गर्न आवश्यक रहेकोमा उनीहरुले जोड दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्रलाई बुझ्ने या परिभाषित गर्ने तरिका फरक–फरक छन्। विभिन्न देशहरू तथा क्षेत्रहरूले एकैखालको इतिहास, संस्कृति, सामाजिक व्यवस्था र विकासक्रम अपनाएको या भोगेको पाइँदैन। हरेक देशमा जस्ताको तस्तै लागु हुने प्रजातन्त्रको व्यवस्था अथवा विकासको तरिका आजसम्म पाइँदैन। विश्वका विभिन्न प्रकारका राजनीतिक व्यवस्थालाई एउटै यन्त्रले मापन गर्नु अथवा रङ्गिविरङ्गी राजनीतिक मानव सभ्यतालाई एउटै नजरले हेर्नु आफैमा अप्रजातान्त्रिक हुनेछ। विकासका निम्ति पनि त्यो अनुकूल हुने छैन।’

यसैगरी वक्तव्यमा,  ‘कुनैपनि देशको राजनीतिक व्यवस्था प्रजातान्त्रिक छ या छैन र प्रभावकारी छ या छैन भनी जाँच्ने काम त्यहाँको नेतृत्वकारी निकायको हस्तान्तरण प्रक्रिया व्यवस्थित कतिको छ र विधीसम्मत छ कि छैन भन्ने आधारमा गरिन्छ भन्ने हाम्रो साझा मत छ। सारा जनताले कानुनी बन्दोवस्त बमोजिम राज्यको मामिला, सामाजिक, आर्थिक तथा सांस्कृतिक मामिलामा सहभागिता जनाउन पाउँछन् कि पाउँदैनन्? जनताले बिनाअवरोध आफ्नो आवश्यकताबारे खुला ढंगमा अभिव्यक्ति दिन पाउँछन् कि पाउँदैनन्? देशको राजनीतिक मामिलामा समाजको हरेक क्षेत्रले सक्रिय सहभागिता जनाउन पाउँछन् कि पाउँदैनन्? राष्ट्रिय निर्णय लिँदा विवेकसम्मत तथा प्रजातान्त्रिक तवरले लिइन्छ कि लिइँदैन? देशका विशेषज्ञ तथा विशिष्ट व्यक्तित्वहरूले स्वच्छ प्रतिस्पर्धाका आधारमा राष्ट्रिय नेतृत्वमा जिम्मेवारी पाउँछन् कि पाउँदैनन्? सत्ताशीन दलले संविधान र कानुनको आधारमा राज्यका हरेक मामिलामा कुशल नेतृत्वदायी भई सेवा गर्छ कि गर्दैन? र, शक्तिको प्रयोग गर्दा सीमामा बसेर र अनुगमन गराएर गर्छ कि गर्दैन भन्ने कुराले कुनैपनि देशको राजनीतिक व्यवस्था प्रजातान्त्रिक हो या होइन भन्ने निर्धारण गर्दछ’ भनिएको छ।

उनीहरुले प्रजातन्त्र भनेको सारा मानिसको अधिकारको विषय भएकोमा जोड दिँदै कुनै पनि देश प्रजातान्त्रिक हो या होइन भन्ने छुट्याउने जिम्मा सम्बन्धित देशका जनतालाई दिइनुपर्छ र विश्वको कुन देश प्रजातान्त्रिक हो र कुन देश होइन भनी छुट्याउने अभिभारा सम्बन्धित देशका जनतालाई दिइनुपर्ने बताएका छन्। उनीहरुले प्रजातन्त्रको नाउँमा कुनैपनि देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने कार्यविरुद्ध उभिने पनि उल्लेख गरेका छन्।

प्रकाशित: २९ मंसिर २०७८ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App