६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदानमा देउवा र शेखर भिड्ने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति चुन्नका लागि भएको मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि दोस्रो चरणको मतदान हुने भएको छ।

सोमबार सभापतिका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो। दोस्रो चरणको मतदान आजै हुने निर्वाचन समितिले जनाएको छ।

पहिलो चरणमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ र शेखर कोइरालाले १७२९ मत पाए। यो मतसँगै अब सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित: २८ मंसिर २०७८ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App