२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा

नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। भक्तपुरमा जारी रहेको एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

बैठकले एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गरेको छ। एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो।

आज दिउँसोदेखि जारी रहेको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो गठन, कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलगायत १५ वटा कार्यसूची रहेको छ। बैठक आइतबारसम्म सञ्चालन हुने छ।

प्रकाशित: २५ मंसिर २०७८ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App