१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

तत्काल अधिवेशन गर्न पार्टीका जनवर्गीय संगठनलाई ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनवर्गीय संगठनहरु तत्काल अधिवेशन गर्न निर्देशन दिएका छन्।

आज बसेको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिना मनोनित पदाधिकारीबाट चलिरहेको भन्दै अविलम्ब सबै संगठनका अधिवेशन आयोजना गर्न अध्यक्ष ओलीले निर्देशन दिएका हुन्।

'अहिले पार्टीका अधिकांश जनसंगठनहरु अधिवेशन बिनाको नेतृत्वबाट आएका छन्। अब यसरी हुँदैन। तयारी पुगेन भन्न पनि पाइँदैन', ओलीले भने, 'सबै संगठनले अधिवेशन गर्नुपर्छ तर अबिलम्ब गर्ने भनेर आउने चुनावलाई असर पार्नेगरि होइन, पार्टीको मार्गदर्शनमा हुनुपर्छ।'

प्रकाशित: २५ मंसिर २०७८ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App