२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेसको महाधिवेशन उदाहरणीय रहेको भारतीय जनता पार्टीका हरिवर्दनको भनाइ

भारतीय जनता पार्टीका हरिवर्दनले काँग्रेसको महाधिवेशन उदाहरणीय रहेको बताउँदै काँग्रेस महाधिवेशनको प्रशंसा गरेका छन्।  

महाधिवेशनको शुभकामना दिँदै उनले भने, ‘यसरी मञ्चमा बसेको पहिलोपल्ट देखेँ, भारतमा पनि देखेको छैन।’ उनले पूर्व प्रधानमन्त्रीहरु यसरी एउटै मञ्चमा बसेको पहिलोपल्ट दखेको बताए।

उनले मञ्चमा रहेका सबै पूर्वप्रधानमन्त्री तथा उपप्रधानमन्त्रीको नाम लिँदै नेपाली काँग्रेसका नेतामात्र नभएर अन्य दलका प्रतिनीधिहरु समेत रहेको उल्लेख गरे।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट, भारतीय जनता पार्टीको अध्यक्ष जेपी नेट्टाको तर्फबाट शेरबहादुर देउवालाई धन्यवाद समेत दिए।

उनले आफ्नो राजनीतिक जीवनको क्रममा कहिल्यै पनि काँग्रेसको जस्तो महाधिवेशन नदेखेको बताए। उनले पार्टीको महाधिवेशनमा अन्य दलका पदाधिकारीहरु एउटै मञ्चमा रहनु उदाहरणीय भएको बताए।

उनले नेपाललाई दुख्दा भारतलाई पनि दुख्ने बताउँदै नेपालको दुःखमा भारतको सधैँ साथ र सहयोग रहने बताए। उनले २०७२ सालको विनासकारी भूकम्प, कोरोना महामारीको समयमा पनि भारत सरकारले नेपाल सरकारलाई सहयोग गरेको चर्चा गरे।

सो क्रममा उनले शेरबहादुर देउवा र मोदीबीच दुईपटक भेटघाट भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले सुदृढ र मजबुत नेपाल बनाउन चाहना राखेको बताए। शुभकामना मन्तव्य राख्दै नेता हरिबर्दनले नेपाल र भारतबीच मनको सम्बन्ध, सामाजिक, आर्थिक र धार्मिक सम्बन्ध रहेको चर्चा गरे।

प्रकाशित: २४ मंसिर २०७८ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App