५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्र प्रदेश १ को अधिवेशन मंसिर २५ र २६ गते विराटचोकमा हुने

प्रदेश अधिवेशनबारे जानकारी दिंदै माओवादी केन्द्र प्रदेश १ का पदाधिकारीहरू। तस्बिर:नागरिक

नेकपा माओावादी केन्द्र प्रदेश १ को अधिवेशन मंसिर २५ र २६ गते मोरङको विराटचोकमा हुने भएको छ। प्रदेश अधिवेशन मूल आयोजक समिति  प्रदेश १ ले  बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी  प्रदेश अधिवेशन मंसिर २५ र २६ गते विराटचोकमा हुने जानकारी दिएको हो।  

नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव हेमराज भण्डारीले प्रदेश अधिवेशनले पार्टीको विधान अनुसार ७ जना पदाधिकारी निर्वाचित गर्नेछ। मोआवादी केन्द्रका अध्यक्ष पुष्पष्कमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्ययमबाट अधिवेशनको उद्घाटन गर्ने भण्डारीले जानकारी दिए। 

नेकपा माओवादी केन्द्र प्रदेश १ का इन्चार्ज राम कार्कीले प्रदेश अधिवेशनले संघीयता र समावेशीताको मर्म अनुसारको नीति र नेतृत्व चयन गर्ने बताए। अधिवेशनमा प्रदेश १ भरीका करिब ११ सय प्रतिनिधिहरू सहभागि हुने छन्। 

अधिवेशनमा पार्टीका प्रदेश समिति सदस्यहरू,प्रदेश सल्लाहकार सदस्यहरू, केन्द्रिय सल्लाहकारहरू, केन्द्रिय आयोगका प्रमुखहरू,जेष्ठ कम्युनिष्ट मञ्चलगायतबाट प्रतिनिधिहरू सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

प्रकाशित: २३ मंसिर २०७८ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App