७ वैशाख २०८१ शुक्रबार
राजनीति

गठबन्धनले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्ने कानुन बन्न दिएनन्: ईश्वर पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरुलाई कारवाही गर्नका लागि आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नदिएको आरोप लगाएका हुन्।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू महिला विभागले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एसिड आक्रमणमा परेका पीडितहरुलाई न्याय दिने काममा समेत सरकारले कानुन बन्न नदिएर अवरोध सृजना गरिरहेको बताए। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले महिला हिंसा हुन नदिनका लागि विद्यार्थी संगठनहरुले सरकारलाई दवाव दिनुपर्ने आवश्यक्ता समेत औंल्याँए। उनले महिला हिंसा अन्त्यका लागि राजनीतिक अभियाननै संचालन गर्नुपर्ने भन्दै त्यसका लागि अनेरास्ववियूले सामाजिक जागरण अभियान संचालन गर्नुपर्ने बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राजनीतिक परिवर्तनलाई जोगाउन पनि सामाजिक जागरणको अभियानलाई तीव्रता दिएर समाजबादको आधार निर्माण गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए।

प्रकाशित: २२ मंसिर २०७८ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App