१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस प्रदेश अधिवेशनः कर्णाली र सुदूरपश्चिममा देउवाको वर्चश्व

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि भएका प्रदेश अधिवेशनमा पश्चिम नेपालका तीन प्रदेशमध्ये दुई प्रदेशमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका उम्मेदवार विजयी भएका छन्।

कर्णालीमा संस्थापन पक्षका ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशमा रामचन्द्र पौडेलेअर्थात (संस्थापनइतर) पक्षका अमरसिंह पुन विजयी भएका छन्।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापनइतर समूहबीच प्रतिस्पर्धा भए पनि कर्णालीमा यी दुईपक्षसहित बिमलेन्द्र निधि पक्षका मोतिराज बम प्रतिस्पर्धामा थिए। कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा ललितजंग शाहीले चार सय २२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीलाई तीन सय १७ मत प्राप्त गरेका छन्। पदाधिकारीमा पनि संस्थापन पक्षकै प्यानल विजयी भएको छ।

यता सुदूरपश्चिम प्रदेशको सभापतिमा बलायरले प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गरेका छन्। बलायर ६ सय ८८ मत ल्याउँदा नारायण मिश्रले दुई सय ८० मत प्राप्त गरे। बलायरसँगै पदाधिकारीमा पनि संस्थापन (देउवा) प्यानलकै निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको गृह प्रदेश भए पनि कर्णाली संस्थापनइतर समूहको गढका रुपमा चिनिन्थ्यो। तर यस अधिवेशनमा संस्थापन पक्षले उक्त गढ भत्काएको छ।

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको गृह प्रदेश हो। यस अधिवेशनमा महामन्त्री खड्काले संस्थापनइतर समूहको गढ भत्काउन ठूलो कसरत गरेका थिए।

पुनले आठ सय ५२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी भरतकुमार शाहले सात सय ६७ मत पाए। शाह प्यानलका राजु खनाल उपसभापतिमा निर्वाचित भएका हुन्। अन्य सबैमा संस्थापनइतर समूहका उम्मेदवार विजयी भएका नेपाली कांग्रेसका युवा नेता प्रेम केसीले जनाए। लुम्बिनीमा कमजोर देखिए पनि पश्चिमका कर्णाली र सुदूरपश्चिमको नतिजाले भने संस्थापन समूह खुसी भएको छ।

महामन्त्रीको तयारी गरिरहेका गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणलाई लुम्बिनीको नतिजाले केही चिन्तित बनाएको छ।

प्रकाशित: २० मंसिर २०७८ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App