coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेदवारी

नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदिश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौँ) रहेका छन्।

यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ (सवुज) रहेका छन् त्यस्तै अर्का सभापति पदका प्रत्यासी बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा रहेका छन्। अर्का उम्मेदवार प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाइँ र सर्मथकमा कुन्दनराज काफ्ले रहेका छन्।

उनीहरुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेर निर्वाचान कार्यालय हेटौँडामा आज उम्मेदवारी दर्ता गरेका हुन्।

प्रकाशित: १७ मंसिर २०७८ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App