१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपा एकता महाधिवेशन सुरुः टिम बनाउँदै थापा र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी नेताहरु। तस्बिरः नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल राप्रपामा ३ वटा अध्यक्ष छन।

एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुने भएको छ।

महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। राप्रपामा केही पदाधिकारी र केन्द्रीय सदस्य गरी १ सय ४९ जना निर्वाचनबाट छानिनेछन् भने केही पदाधिकारी र केन्द्रीय सदस्य गरी ५० जना मनोनयन गर्ने व्यवस्था छ।

अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङदेनले आआफ्नो टिम बनाउन सुरु गरेको छन्। थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, धु्रव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ। यसैगरी लिङदेनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ।

राप्रपाका तीन अध्यक्षमध्ये यसपटक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने भएका छन्। लोहनीले आफ्नो समर्थन लिङदेनलाई हुने प्रस्ट पारेका छन्। राणा भने खुलेका छैनन्। बुधबारको बन्द सत्रमा राणाले पार्टीको एकता बचाइराख्न आफू अध्यक्षमा नउठ्ने जनाएका थिए। सर्वसम्मत नेतृत्व चयन गर्न उनले थापा र लिङदेनलाई आग्रह गरेका थिए।

अहिलेसम्म थापा र लिङदेन आफ्नो अडानबाट पछि हटेका छैनन्। थापाले लिङदेनलाई चार वर्षसम्म धेर्य गर्न आग्रह गरेका थिए। तर लिङदेनले राप्रपाको नेतृत्व नयाँ पुस्तामा आउनुपर्ने बताउँदै त्यसकै लागि आफूले उम्मेदवारी दिन लागेको जनाएका छन्।निर्वाचन प्रक्रियामा सहभागी हुन देशभरबाट राप्रापाका महाधिवेशन प्रतिनिधि काठमाडौं आएका छन्।

महाधिवेशन उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपा (एमाले) का नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, नेकपा (माले) का महासचिव सिपी मैनालीलगायतले शुभकामना व्यक्त गरेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनमा गएनन्। उनले एमालेका तर्फबाट पोखरेललाई पठाए। जबकि एमालेको महाधिवेशनमा राप्रपा अध्यक्ष थापा चितवन पुगेका थिए। त्यतिखेर थापाले एमाले अध्यक्ष ओलीको खुलेरै प्रशंसा गरेका थिए।

महाधिवेशनको सफलताको कामना गर्दै प्रधानमन्त्री देउवाले राप्रपासँग विचार फरक भए पनि राष्ट्रियता र लोकतन्त्रको सवालमा एक मत रहेको बताए। तीनवटा राप्रपा एक भएको प्रसंगमा उनले भने, ‘पार्टीबीच एकीकरण हुनु राम्रो हो।’

माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय भावना तथा स्वाधीनताप्रति निष्ठा र देशभक्तिमा राप्रपाको र आफ्नो गोत्र उस्तैउस्तै भएको बताए। ‘राप्रपाको विचार र हाम्रो विचार मिल्दैन। तर राष्ट्रियता, स्वाधीनताप्रति निष्ठा र देशभक्तिमा तपाईं र हाम्रो गोत्र उस्तैउस्तै हो’,उनले भने।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले इतिहास पछाडि फर्कन नमिल्ने बताउँदै भने, ‘परिवर्तनको गति रोक्ने र पछि धकेल्ने काम नगरौं।’ प्रतिगमनविरुद्ध सबै दल एक हुनुपर्ने उनको भनाइ थियो। मालेका महासचिव मैनालीले राजा महेन्द्रले नेपाललाई सिक्किम हुनबाट जोगाएको चर्चा गरे। ‘सिंगो नेपाललाई भारतमा गाभिएको सिक्किम तथा भुटानजस्तो हुनबाट पृथ्वीनारायण शाहपछि राजा महेन्द्रले कदम चाले’, उनले भने। मैनालीले महेन्द्रको प्रशंसा गरेकोमा माओवादी केन्द्रका अध्यक्ष दाहालले व्यंग्य गर्दै राप्रपा अध्यक्षको उम्मेदवार हुन खोजेको भनी टिप्पणी गरेका थिए।

राप्रपा अध्यक्ष थापाले नयाँ पुस्ता र पुरानो पुस्ता भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताए। पुरानो, नयाँ, अग्लो, होचोका नाममा विभाजनको रेखा नकोर्न उनले पार्टीका कार्यकर्तालाई आग्रह गरे। एकता महाधिवेशनबाट आफूहरूले पार्टी नफुटाउने संकल्प गरेको उनले बताए।

एमाले अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनमा गएनन्। उनले एमालेका तर्फबाट पोखरेललाई पठाए। जबकि एमालेको महाधिवेशनमा राप्रपा अध्यक्ष थापा चितवन पुगेका थिए। त्यतिखेर थापाले एमाले अध्यक्ष ओलीको खुलेरै प्रशंसा गरेका थिए।

महाधिवेशनको सफलताको कामना गर्दै प्रधानमन्त्री देउवाले राप्रपासँग विचार फरक भए पनि राष्ट्रियता र लोकतन्त्रको सवालमा एक मत रहेको बताए। तीनवटा राप्रपा एक भएको प्रसंगमा उनले भने, ‘पार्टीबीच एकीकरण हुनु राम्रो हो।’ माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय भावना तथा स्वाधीनताप्रति निष्ठा र देशभक्तिमा राप्रपाको र आफ्नो गोत्र उस्तैउस्तै भएको बताए। ‘राप्रपाको विचार र हाम्रो विचार मिल्दैन। तर राष्ट्रियता, स्वाधीनताप्रति निष्ठा र देशभक्तिमा तपाईं र हाम्रो गोत्र उस्तैउस्तै हो’, उनले भने।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले इतिहास पछाडि फर्कन नमिल्ने बताउँदै भने, ‘परिवर्तनको गति रोक्ने र पछि धकेल्ने काम नगरौं।’ प्रतिगमनविरुद्ध सबै दल एक हुनुपर्ने उनको भनाइ थियो। मालेका महासचिव मैनालीले राजा महेन्द्रले नेपाललाई सिक्किम हुनबाट जोगाएको चर्चा गरे। ‘सिंगो नेपाललाई भारतमा गाभिएको सिक्किम तथा भुटानजस्तो हुनबाट पृथ्वीनारायण शाहपछि राजा महेन्द्रले कदम चाले’, उनले भने।

मैनालीले महेन्द्रको प्रशंसा गरेकोमा माओवादी केन्द्रका अध्यक्ष दाहालले व्यंग्य गर्दै राप्रपा अध्यक्षको उम्मेदवार हुन खोजेको भनी टिप्पणी गरेका थिए। राप्रपा अध्यक्ष थापाले नयाँ पुस्ता र पुरानो पुस्ता भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताए। पुरानो, नयाँ, अग्लो, होचोका नाममा विभाजनको रेखा नकोर्न उनले पार्टीका कार्यकर्तालाई आग्रह गरे। एकता महाधिवेशनबाट आफूहरूले पार्टी नफुटाउने संकल्प गरेको उनले बताए।

प्रकाशित: १६ मंसिर २०७८ ००:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App