१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी उपसभापति गच्छदारको क्षेत्रमा संस्थापन इतरकै पकड

नेपाली काँग्रेस १४ औं महाधिवेसन अन्तर्गत पार्टीका उपसभापति विजयकुमार गच्छदारको निर्वाचन क्षेत्रमा संस्थापन इतर समूह (वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता शेखर कोइराला) पक्षकै पकड बलियो देखिएको छ।

संघीय निर्वाचन सुनसरी क्षेत्र नं. ३ मा क्षेत्रीय सभापतिसहित महाधिवेसन प्रतिनिधी संस्थापन इतर समूहकै बढी विजयी भएका छन्। पार्टी उपसभापति गच्छदार सभापति शेरबहादुर देउवा पक्षीय हुन्।

क्षेत्र नं. ३ मा क्षेत्रीय समिति र महाधिवेसन प्रतिनिधी चयनमा सर्वसहमत गर्ने निहुँमा आफ्नो अनुकुलता खोजेर तीन दिनसम्म निर्वाचन हुन दिएका थिएनन्। बिहीबार निर्वाचन समितिले अर्को सूचना जारी हुँदासम्म चुनाब स्थगितको सूचना जारी गरेको थियो।

राति अबेर सहमति गरेपछि शुक्रबार भएको निर्वाचनको शनिबार नतिजा सार्वजनिक भएकोमा क्षेत्रीय सभापति मेहेदी हुसेन विजयी भएका छन्। उनले संस्थापन पक्षका सत्यनारायण गच्छदारलाई हराएर विजयी भएका हुन्। गच्छदारलाई हराएर हुसेन विजयी भएकोमा दुवै समूहबीच आन्तरिक रुपमा सहमति भएको हो। अरु समितिमा पनि संस्थापन र संस्थापन इतर समूहका भित्री रुपमा सहमति गरेरै चुनावी प्रतिस्पर्धा भएको हो।

महाधिवेशन प्रतिनिधीमा संस्थापन इतरका १४ जना विजयी भएका छन् भने संस्थापन पक्षका ११ जना विजयी भएका छन्। संस्थापन इतरबाट लतुराम माझी, गुलावी मियाँ, अगमलाल चौधरी (ठूलो), गोमा पराजुली, दिलमाया डागी, सीता भूसाल, ज्योती कोइराला, वेदनारायण गच्छदार, पंक्षी वाइवा, महेश वास्तोला, कल्पना कार्की, शिवप्रसाद दंगाल, दिपक राई र अगमलाल चौधरी (सानो) विजयी भएका हुन्।

यस्तै, संस्थापन पक्षबाट कृष्णकुमारी विक, सुनिता गच्छदार, बिमलाकुमारी श्रेष्ठ, कुमारजग थापा, भरत गौली, महेष दत, रघुनन्दन चौधरी, रोहितकुमार प्रसाई, रेशमलाल चौधरी, सुनिता दाहाल साह र सपनकुमार दास विजयी भएका हुन्।

गच्छदारले सोमबार मनोनयनको समयलाई एक दिन थपेर लगातार प्रयास गरेका थिए। बिहीबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता राममचन्द्र पौडेल तथा अर्का नेता शेखर कोइराला पक्षको संयुक्त टीम बनाएर उनीहरुलाई मात्र मतदान गर्ने योजनाका साथ छलफल टुगिएर निर्वाचन प्रक्रिया सुरु हुने क्रममा रहेको थियो। तर, असन्तुष्ट पक्षले पुनः नाराबाजी गरेकाले गर्दा निर्वाचन रोकिएकोमा शुक्रबार भएको थियो।

प्रकाशित: ११ मंसिर २०७८ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App