१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको जिल्ला अधिवेशन सर्‍यो

नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मङ्सिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो।

मङ्सिर १० र ११ गते हुने भनिएको जिल्ला अधिवेशनका लागि आवश्यक तयारी अझै बाँकी रहेको भन्दै मङ्सिर १९ र २० गते महाधिवेशन गर्नेगरी सारिएको सहायक जिल्ला निर्वाचन अधिकृत चूडामणि शर्मा कँडेलले जानकारी दिए। कँडेलका अनुसार नयाँ घोषणा गरिएको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन मङ्सिर १९ गते तथा २० गते मतदान गर्ने गरी जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाइनेछ।

जिल्लाको क्षेत्र नं. २ को मतगणनाका क्रममा क्षेत्रीय सभापतिका दुवै प्रत्यासीले प्राप्त गरेको मत सङ्ख्या बराबरी भएको र पुनः मतगणना हुन नसकेपछि जिल्ला महाधिवेशन सरेको हो। नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २ का क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए। दुवै उम्मेदवारको सहमतिमा पुनः मतगणना गरेर क्षेत्रीय सभापतिको टुङ्गो लगाउने निर्णय भएका कारण जिल्ला अधिवेशन प्रभावित भएको कँडेलले बताए।

कांग्रेस क्षेत्र नं २ को मतपेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ। क्षेत्रीय सभापतिका प्रत्यासी दुवै जनाको पुनः मतगणना आज ११ गते नेपाली कांग्रेस नवलपुरको कार्यालयमा गर्ने सहमति भएको भएको छ।

प्रकाशित: ११ मंसिर २०७८ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App