१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस कपिलवस्तु निर्वाचनमा ४ हस्तीहरु पराजित

कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचनमा ४ हस्तीहरु पराजित भएका छन्। महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका उनीहरु चुनिन असफल भएका हुन्।

क्षेत्र नम्बर २ को बिहीबार सम्पन्न निर्वाचनमा कपिलवस्तु राष्ट्रिय सभाका सदस्य दीर्घ नारायण पाण्डेय, प्रदेश सदस्य माला गोतामे, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल र कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह पराजित भएका हुन्।

राष्ट्रिय सभाका सदस्य पाण्डेय, समन्वय समितका प्रमुख खनाल र मेयर सिंह खुलातर्फ उम्मेदवार बनेका थिए। यस्तै प्रदेश सदस्य गोतामे भने दलित महिला कोटामा उम्मेदवारी दिएकी थिइन्। महाधिवेशन प्रतिनिधिमा खुलातर्फ १० सिटका लागि भएको निर्वाचनमा २५ जना उम्मेदवार बनेका थिए। त्यसमध्ये पाण्डेय, खनाल र सिंह सो १० भित्र परेनन्। पाण्डेयले कूल खसेको ६ सय ३७ मतमध्ये २ सय २४, खनालले १ सय ५२ र सिंहले २ सय ९ मत मात्र ल्याएका थिए। राष्ट्रियसभा सदस्य पाण्डेय पुराना कांग्रेस नेता भए पनि पार्टीबाट प्रदेश सदस्यको टिकट नपाएपछि एमालेबाट उम्मेदवार भई प्रदेश सदस्य भएका थिए।

फेरि कांग्रेसमा प्रवेश गरी उनी लुम्बिनी प्रदेशको कोटामा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। प्रदेश सदस्य गोतामेलाई लुम्बिनी प्रदेशकी राजयमन्त्री पर्यटन शहरी ग्रामीण विकास राज्यमन्त्रीले महिला दलित कोटामा पराजित गरेका हुन्। गोतामेले १ सय ९१ र नेपालले ३ सय ९६ मत ल्याएका थिए। पराजित चारैजना पार्टी जिल्ला सभापतिमा उम्मेदवारीको घोषणा गरेका सुधाकर पाण्डेयको प्यानलबाट उम्मेदवार बनेका थिए।

उता बिहीबार अबेर राति आएको परिणाम अनुसार वर्तमान पार्टी सभापति तथा पाडैल पक्षका सुरेन्द्रराज आचार्यले प्यानल हावी भएको छ। क्षेत्रीय अध्यक्ष केशवकुमार श्रेष्ठसहित २६ केन्द्रीय प्रतिनिधिमध्ये २५ जना आचार्यकै प्यानलबाट विजयी भएका छन्।

यस्तै क्षेत्रीय समितिमा समेत सबै पदाधिकारी र सदस्यहरुसमेत उनकै प्यानलले जितेको हो। क्षेत्रीय सभापतिमा देउवा पक्षका वीरेन्द्र कुमार श्रेष्ठलाई १ सय ८२ मतको फराकिलो अन्तरले श्रेष्ठले पराजित गरेका हुन्। श्रेष्ठले ४ सय ८२ र मिश्राले २ सय २० मत पाएका थिए।

उता कांग्रेस कपिलवस्तुको जिल्ला कार्य समितिको निर्वाचन मंसिर १२ गते हुने भएको छ। पार्टी सभापति सुरेन्द्रराज आचार्य  अनुसार तौलिहवामा निर्वाचन हुनेछ। यस्तै मनोनया दर्ता भने मंसिर ११ गते हुनेछ।

पूर्व एसएसपी थापा कांग्रेस महाधिवेशन प्रतिनिधि

पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। प्रतिनिध सभा क्षेत्र नम्बर २ बाट समाबेशी खस आर्यमा उम्मेदवार बनेका उनी २०४ मतान्तरले विजयी भएका हुन्। उनले चार सय मत प्राप्त गरेका थिए। उनको निकटतम प्रतिद्वन्द्वी ज्योति दाहालले १९६ मत प्राप्त गरेका थिए।

प्रहरी सेवामा रहँदा नाम कमाएका उनी ३ वर्षअघि पार्टी प्रवेश गरेका थिए। कपिलवस्तुको चन्द्रौटामा साधारण सदस्य हुदै क्रियाशाील सदस्य भएका थिए। 

प्रकाशित: १० मंसिर २०७८ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App