१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाँकेका तीन वटा प्रतिनिधि सभा क्षेत्रमा मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका प्रतिनिधि सभा क्षेत्रमा बुधबार(आज) मतदान चलिरहेको छ। क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा फरक फरक समयमा मतदान सुरु भएको हो।

क्षेत्र नम्बर १ मा बिहान ९स्३० बजेबाट मतदान सुरु भएको मतदान अधिकृत मेहरसिंह खत्रीले जानकारी दिए। यसैगरी क्षेत्र नम्बर २ मा १२ बजे तिर मतदान सुरु भएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए।

यस्तै क्षेत्र नम्बर ३ मा बिहान ११ बजेबाट मतदान सुरु भएको मतदान अधिकृत बिरेन्द्र यादवले जानकारी दिए।

क्षेत्र नम्बर १ को कोहलपुर स्थित भेरी शीत भण्डार, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को कपास बिकास समितिलाई मतदान केन्द्र तोकिएको छ।

प्रकाशित: ९ मंसिर २०७८ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App