५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

यो देशमा सरकार कहाँ छ? - नेम्वाङ

नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले सरकारले काम गर्न नसकेको आरोप लगाएका छन्।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेम्वाङले सरकारले  काम गर्न नसकेको आरोप लगाएका हुन्। देशमा, अदालतमा जताततै समस्या समस्या देखिइरहे पनि सरकारले केहि गर्न नसकेको उनले बताए। ‘जताततै समस्या देखिइरहे पनि सरकारले, संसदले सिन्को भाँच्न सकेको छैन’, उनले भने,‘यो देशमा सरकार कहाँ छ?’ उनले  सरकारले संविधान विपरितका काम गरिरहेको आरोपसमेत लगाएका छन्।

सरकारले संसद हुँदा हुँदै संसद बाहिरबाट बजेट पारित गरेर, दल विभाजनको विधेयक ल्याएर संविधान मिच्ने काम गरेको छ। प्रतिपक्षमा हुँदा विरोध गर्नेहरू सत्तामा पुगेपछि संविधान विपरित अध्यादेशबाट कानुन बनाएर मनपरि गरिरहेको उनले बताए।

यतिमात्रै हैन नेपालमा लगानी गर्न स्रोत नै नचाहिने प्रवधान राखेर सरकारले आतंककारी र अपराधीलाई प्रसय दिने प्रयास गरेको उनको भनाइ छ। यस्तै अवस्था रहे देश कालो सूचिमा पर्ने खतरा रहेको उनको भनाइ छ।  ‘यस्तै अवस्था रहे नेपाल कालोसुचिमा नपर्ला भन्न सकिंदैन’ नेमवाङले भने।

प्रकाशित: २ मंसिर २०७८ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App