२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन्। 

उनले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गरेका हुन्।

‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ। यसका लागि गणक परिचालन भएका छन्। आगामी मङ्सिर ९ गतेसम्म जनगणना हुने छ। 

केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ। विसं १९६८ देखि जनगणना सुरुआत भएको हो।

प्रकाशित: २६ कार्तिक २०७८ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App