coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

मूल्य वृद्धिको विरोधमा विपी राजमार्गस्थित यहाँको शान्तिनगर चोकमा एमाले निकट भातृ संगठनले प्रधानमन्त्रीको पुत्ला जलाएर नाराबाजी गर्दै। तस्बिरः नागरिक

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू सिन्धुलीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।  

विपी राजमार्गस्थित कमलामाई नगरपालिका ६ शान्तिनगर चोकमा केहिबेर गाडी जाम गरेर सरकारविरुद्ध चर्का नारासहित पुत्ला जलाएका हुन्। भान्छामा दैनिक प्रयोग हुने ग्याससहित पेट्रोल लगायतका अचाक्ली मूल्य वृद्धिको विरोध गर्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए। जनताको जिवनस्तर सहज बनाउने र विकास निर्माणमा लाग्नुपर्नेमा सरकारले जनताको ढाड सेक्ने गरि मूल्य वृद्धि गरेकाले आफूहरुले विरोध जनाएको युवासंघका देवराज वाइवाले बताए। मूल्य वृद्धि फिर्ता नलिए हामी चरणबद्ध आन्दोलन गर्छौ, उनले भने, सरकारले खाने तेलसहितका उपभोग्य बस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्छ।

प्रकाशित: २५ कार्तिक २०७८ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App