१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीसहित उपल्लो डोल्पामा पुगे मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक हिमाली जिल्ला डोल्पाको उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकामा पुगेपछि तीन जना वडा अध्यक्षसहित दुई दर्जन युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  

डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्गसहित तीनवटा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। बुधबार नेपाली सेनाको एमआई १७ हेलिकप्टरमा अर्थमन्त्री जर्नादन शर्मासहित उपल्लो डोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले उनीहरुलाई प्रवेश गराएका हुन्।

अर्थमन्त्री शर्मा कर्णाली प्रदेश माओवादी केन्द्रका इन्चार्ज शक्तिबहादुर बस्नेत, पूर्वशान्ति मन्त्री तथा प्रतिनिधि सभासदस्य सत्य पहाडीसहित उपल्लो डोल्पा पुगेपछि स्थानीयले फूलमाला र राइकाले भव्य स्वागत गरेका थिए।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा वडानं १ का अध्यक्ष ग्याल्पो थापा भोटे, २ का अध्यक्ष छोइक्याप भोटे, वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग लामा र वडानं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ्ग रहेका छन्।

स्थानीय जनप्रतिनिधिसहित दुई दर्जन स्थानीय युवाहरु समेत माओवादी केन्द्रमा प्रवेश गरेको वडानं १ का अध्यक्ष तेम्बा गुरुङ्गले बताए।  उपल्लो डोल्पामा पुगेका माओवादी अध्यक्ष दाहाल सहितको टोली समक्ष उपल्लोवासीले भेरीकरिडोर निर्माणमा प्राथमिकता दिन, उत्तरी सिमा नाका सडक निर्माण र सदरमुकाम दुनैदेखि उपल्लो डोल्पा जोड्ने सडक निर्माणको काम नेपाली सेनालाई दिन माग राखेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपल्लोवासीको मागलाई प्राथमिकताका साथ सम्बोधन गरिने बताए।

प्रकाशित: २४ कार्तिक २०७८ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App