६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

छठलगत्तै बाँकी १३ जिल्लाको अधिवेशन गर्दै काँग्रेस

नेपाली कांग्रेसले महाधिवेशन हुन नसेको १३ जिल्लामा छठलगत्तै वडा अधिवेशन गर्ने भएको छ। क्रियाशील सदस्य विवादको कारण बाँकी रहेको १३ जिल्लाको अधिवेशनको तयारी थालेको काँग्रेसले जनाएको छ।

कांग्रेसले प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन निर्धारित समयमा गर्न सकेको छैन। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा काँग्रेसको वडा अधिवेशन नै हुन सकेको छैन। रसुवा र रौतहटमा क्रियाशील सदस्यता विवाद बाँकी छ।

यसैबीच कात्तिक २७ गते बाँकी रहेको जिल्लाका वडा अधिवेशन गर्ने केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ। काँग्रेसले हालसम्म ६४ जिल्लाको वडा अधिवेशन गरिसेकको जनाएको छ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौँमा गर्ने मिति घोषणा भइसकेको छ।

प्रकाशित: २१ कार्तिक २०७८ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App