११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाध्यताले सरकारमा गएका हौंः कार्यवाहक प्रधानमन्त्री खाँड

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँडले आफूहरू बाध्यताले सरकारमा गएको बताएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि इलाम सदरमुकाममा पत्रकारसँग कुरा गर्दै खाँडले दुई तिहाइको सरकार ढलेपछि बाध्यताले कांग्रेसले सरकारको नेतृत्व गरेको खाँडको भनाइ छ।

‘सरकारको नेतृत्व हाम्रो रहर होइन, बाध्यता हो’, खाँडले भने। खाँडले बाढीपहिरोले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणमा लाग्नुपर्ने बताएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि खाँडले भत्किएको संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने बताएका हुन्। वर्षाका कारण सडकको धेरै ठाउँमा पहिरोले क्षति पुगेको छ।

पहिरोले घरहरूमा समेत क्षति पुर्‍याएकाले चाँडै ती संरचना निर्माणमा लाग्नुपर्ने मन्त्री खाँडको भनाइ छ। गृहमन्त्री खाँड प्रधानमन्त्री देउवा निरीक्षणमा आएको एक सातापछि बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका हुन्।

पुनर्निर्माणको योजना बनाएर कार्यान्वयन गर्न आफूहरूले प्रभावित क्षेत्रको निरीक्षण गरेको खाँडले जानकारी दिए। निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेल, सडक विभागका महानिर्देशकलगायतको टोलीले इलाम र पाँचथरको प्रभावित क्षेत्रको निरीक्षण गरेको हो।

प्रकाशित: १६ कार्तिक २०७८ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App