१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

थापाको नेतृत्वमा महानगर कमिटी सर्वसम्मत चयन

नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रथम नगर अधिवेशनले सागर थापाको अध्यक्षतामा सर्वसम्मत महानगरकमिटी चयन गरेको छ।

दुई दिनसम्म विराटनगरमा भएको अधिवेशनले थापको अध्यक्षतामा सर्वसम्मतरुपमा महानगरकमिटी चयन गरेको हो। उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा रोहित कोइराला, सहसचिवमा नवराज नेपाल (टुप्पी) र जयप्रकाश महतो चयन भएको  जिल्ला सचिवालय  सदस्य मीनकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार  विवादरहित रुपमा नेतृत्व चयन गर्ने उद्देश्य अनुसार नगरसमतिका पदाधिकारी र सदस्यहरू सर्वसम्मत रुपमा चयन  गरिएको हो। अधिवेशनको उद्घाटन नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका थिए।

प्रकाशित: १० कार्तिक २०७८ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App