१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले पालिका अधिवेशन: बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व

नेकपा (एमाले) को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। दश पालिका रहेको जिल्लामा मङ्गलबार सात पालिकामा अधिवेशन सुरु भएको थियो। तमानखोला, ताराखोला, काठेखोला गाउँपालिका तथा ढोरपाटन र गलकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको पार्टीका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए।

गलकोट नपाको अध्यक्षमा पूर्ण काउचा, उपाध्यक्षमा तिला केसी, सचिवमा दानबहादुर श्रीस, उपसचिवमा पोस्टराज सुवेदी र लक्ष्मी सुनारलाई चयन गरिएको निवर्तमान नगर संयोजक डम्बर श्रीसले जानकारी दिए। त्यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा ऋषिराम रोका, उपाध्यक्षमा थममाया घर्ती, सचिवमा दुर्गाबहादुर बगाले र उपसचिवमा डम्बरबहादुर छन्त्याल चयन भएको छन्।

यस्तै तमानखोलाको अध्यक्षमा तारानाथ श्रीपाली, उपाध्यक्षमा कुमबहादुर छन्त्याल, सचिवमा लीलबहादुर पुन, उपसचिवमा रुपा छन्त्याल र चुनबिर दर्जी चयन भएका छन्। काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, उपाध्यक्षमा युक्तप्रसाद कँडेल, सचिवमा विधापती शर्मा, उपसचिवमा तिलबहादुर खड्का र नरबहादुर क्षेत्री चयन भएका छन्।

यस्तै ढोरपाटन नगरपालिकाको अध्यक्षमा लक्ष्मण पुन, उपाध्यक्षमा निर्दोष विक, सचिवमा ज्ञानप्रसाद कँडेल, उपसचिवमा इन्द्र घर्तीमगर र हेमप्रसाद विक चयन भएका छन्। बागलुङ नगरपालिका र बडिगाडमा सर्वसम्मतको प्रयास जारी छ भने निसीखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा कात्तिक ११ गतेपछि अधिवेशन हुनेछ।

प्रकाशित: १० कार्तिक २०७८ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App