१५ चैत्र २०८० बिहीबार
राजनीति

आगामी निर्वाचनमा बहुमत ल्याउने तयारीमा एमालेः अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन्। शनिबार देशभरका पार्टी वडा अधिवेशनहरुको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहोर्‍याउँदै सोही अनुसार पार्टीको काममा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरुको भ्रममा नपरी देश निर्माणको अभियानमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।  

अध्यक्ष ओलीले भने, ‘आगामी निर्वाचनमा हरेक तहमा शानदार ढंगले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौं। त्यस अनुसारले आन्दोलनमा जुट्न म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु।'  

अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी समेत गरे। माधव नेपाल समेत बाहिरिएपछि पार्टी एकताबद्ध रहेको उनको भनाइ थियो।

प्रकाशित: ६ कार्तिक २०७८ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App