६ माघ २०७८ बिहीबार
राजनीति

प्रदेश १ को प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश

प्रदेश १ को प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्दै मुख्यमन्त्री भीम आचार्य। तस्बिर: नागरिक

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेका हुन्।

आचार्यले आफूमाथि विश्वासको मत छ भन्ने स्पष्ट पार्न संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मतको प्रस्ताव पेश गरेको जानकारी दिए। मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव पेश गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले संसद बैठक कात्तिक ७ गते आइतबार सम्मका लागि स्थगित भएको जानकारी संसदमा गराए। 

भण्डारीले मुख्यमन्त्रीले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल र मत विभाजन मार्फत टुंगो लगाउन आइतबार सांढे १२ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। 

प्रदेश १ को प्रदेशसभाका कुल ९२ जना सांसद मध्ये  सत्तारुढ दल नेकपा एमालेका ४१ जना मात्रै सांसद छन्। नेपाली कांग्रेस, नेकपा एस्, माओवादी केन्द्रलगायतको ५ दलीय विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद छन्। प्रदेश १ मा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ।

प्रकाशित: ५ कार्तिक २०७८ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App