४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

समानुपातिकतर्फ ६४ दल: १० दल एकल र ५४ दल आफ्नै चिन्हमा लड्ने

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ ६४ वटा दलले भाग लिने भएका छन्। जसमध्ये ५४ दलले आफ्नै र १० दलले एकल (साझा) चिन्हमा चुनावमा भाग लिने गरी बन्दसूची बुझाएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए। आयोगले समानुपातिकतर्फ दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्ने समय दिएको थियो।

‘नेपालको संविधानको धारा ८४ को १ (क) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने छन्,’ सहायक प्रवक्ता जिसीले भने, ‘सोही धाराको उपधरा १ (ख) मा समानुपातिकतर्फको निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने व्यवस्था छ।’

उनका अनुसार २०७९ मा समानुपाति निर्वाचनतर्फ दलहरूलाई ६८ वटा निर्वाचन चिन्ह प्रदान गरिएको थियो।

बढीमा तीन दलले एकल निर्वाचन चिन्हमा निर्वाचनमा भाग लिन सक्ने कानुनी व्यवस्था छ। सहायक प्रवक्ता केसीका अनुसार समानुपातिकतर्फ एकल चिन्ह ‘बस’ मा नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी, ‘चकिया जाँतो’ मा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, ‘मोबाइल’ मा आम जनता पार्टी र जनादेश पार्टी नेपाल तथा ‘जाँगर भएको सिंह’ मा सचेत नेपाली पार्टी र नागरिक सर्वोच्च पार्टी नेपालले निर्वाचनमा भाग लिने छन्।

नेकपा एमाले ‘सूर्य’, नेपाली कांग्रेस ‘रुख’, नेपाली कम्युनिस्ट पार्टी ‘पाँचकुने तारा’, राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’, राष्ट्रिय प्रजातन्त्र पार्टी ‘हलो’, जनता समाजवार्दी पार्टी नेपाल ‘ढल्केको छाता’, जनमत पार्टी ‘लाउड स्पिकर’, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ‘साइकल’, नेपाल मजदुर किसान पार्टी ‘मादल’, राष्ट्रिय जनमोर्चा ‘गिलास’, प्रगतिशील लोकतान्त्रिक पार्टी ‘खुलेको एकल आँखा’, नेपाल लोकतान्त्रिक पार्टी ‘दुइ हात जोडेको नमस्कार’, मंगोल नेसनल अर्गनाइजेसन पार्टी ‘कुखुराको भाले’, बहुजन शक्ति पार्टी ‘जग’ र नेपाल सद्भावना पार्टीले ‘पञ्जा’ चिन्हमा निर्वाचनमा भाग लिने छन्।

आयोगका अनुसार नेपाल जनता संरक्षण पार्टी ‘डोको’, नेकपा माले ‘हँसिया र तारा’, नेपाल जनता पार्टी ‘कमलको फूल’, संयुक्त नागरिक पार्टी ‘गितार’, नेपाल जनमुक्ति पार्टी ‘घर’, नेकपा संयुक्त ‘हँसिया’, राष्ट्रिय जनता पार्टी नेपाल ‘दायाँ हातले समातेको मसाल’, समावेशी समाजवादी पार्टी नेपाल ‘भित्ते घडी’, राष्ट्रिय परिवर्तन पार्टी ‘बाँसुरी’, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल ) ‘गैंती’, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ‘दापसहितको खुहुरी’, राष्ट्रिय एकता दल ‘तुलसी मठ’ र गतिशील लोकतान्त्रिक पार्टीले ‘ब्याट्री’ चिन्हमा निर्वाचनमा भाग लिने भएका छन्।

त्यस्तै नेपाली जनश्रमदान संस्कृति पार्टी, नेपालका लागि नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, नेसनल रिपब्लिक पार्टी, जय मातृभूमि पार्टी, श्रम संस्कृति पार्टी, स्वाभिमान पार्टी, नागरिक शक्ति नेपाल, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), सार्वभौम नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय उर्जाशील पार्टी नेपाल, नेपाली जनता दल, त्रिमूल नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल मातृभूमि पार्टी, राष्ट्रिय गौरव पार्टी, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्र निर्माण दल, उन्नत लोकतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी, पिपुल फस्र्ट पार्टी, जन अधिकार पार्टी र जनता लोकतान्त्रिक पार्टी नेपाल  पार्टीले आफ्नै चिन्हमा निर्वाचनमा भाग लिने भएका छन्।

प्रकाशित: १६ पुस २०८२ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App