७ वैशाख २०८१ शुक्रबार
राजनीति

गृहमन्त्री खाँणको गृहजिल्लामा मिश्रित परिणाम

बुटवलमा खेलराज पाण्डे बिजयी

रुपन्देहीका १६ वटा पालिकामा  शनिबार  नेपाली काँग्रेसको गाँउ/नगर नेतृत्व चयन भए। जिल्लाका ५ पालिकामा निर्वीरोध नेतृत्व चयन भयो। बाँकीमा निर्वाचित नेतृत्व आएको छ। अधिकांश पालिकाहरुमा पार्टी सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानल नै खडा गरी चुनावी मैदानमा होमीएका थिए। केही पालिकामा मतदातालेगुट भन्दा व्यक्ति हेरेर मत दिएकालेपदाधिकारीमा दुवै पक्षका उम्मेदवारहरु बिजयी भएका छन्। केहीमा देउवा र केहीमा पौडेल पक्षको प्यानल नै बिजयी भएको छ।

बुटवल उपमहानगरपालिकाको सभापतीमा खेलराज पाण्डे भारी मतले बिजयी भए। बुटवलमा पौडेल पक्षबाट पाण्डे र देउवा पक्षबाट रिता केसी चुनावी मैदानमा थिए। पाण्डेले २८८ मतान्तरले केसीलाइ पराजित गर्दै बिजयी भएका हुन्। कुल ५६९ क्षेत्रीय प्रतिनिधि रहेको नगरमा जम्मा ५४५ मत खसेको थियो।

४  सय १२ मत ल्याएर पाण्डे सभापतीमा बिजयी हुँदाउनका प्रतिश्पर्धी  रिता केसीले  जम्मा १ सय १४ मत प्राप्त गरीन्। पाण्डेकै प्यानलबाट उसभापतीमा ज्योती भण्डारीले   ४०३ मत र हितमान पुनले २८२ मत ल्याएर बिजयी भए। सचिवमा गंगा पन्थीले ३०७ मत र छायाँ पोखरेलले २९४ मत ल्याइ बिजयी भए। सहसचिवमा गणेश घिमिरेले ३०० र  देवराज अर्गलीले २९७ मत ल्याइ विजयी भए।  सहसचिवमा निर्वाचित घिमिरे केसीको प्यानलका हुन्। सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका छन्। बुटवलका २५ जना क्षेत्रीय प्रतिनिधिले मतदानमा भाग लिएनन्। पाण्डे नेपाली काँग्रेस बुटवल नगरसमितिको सभापती भएको यो तेश्रो पटक हो।

तिलोत्तमामा हरिलाल  पाण्डे

गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमामा देउवा पक्षका हरिलाल पाण्डे सहित प्यानल विजयी भएको छ। पौडेल पक्षका नारायण न्यौपानेलाइ झिनो २ मतले पछाडी पार्दै पाण्डे निर्वाचित भएका हुन्। पाण्डेले १७४ मत ल्याइ  निर्वाचित  हुँदाअर्का प्रतिश्पर्धी न्यौपानेले १७२ मत पाए।  सभापतीका अर्का उम्मेदवार हरि तिवारीले जम्मा ३० मत ल्याए। उपसभापतीमा कल्याण पौडेल र माया चौधरीविजयी भए। सचिवमा प्रदिप थापा र हुमप्रसाद पौडेल,सहसचिवमा  रमेश पराजुली र दिपक थापा निर्वाचित भए।

सिद्धार्थनगरमा खड्का

सिद्धार्थनगर नगरपालिकाको सभापतीमा कोशिश खड्का सहित पदाधिकारीमा पनि उनकै प्यानल विजयी भयो। भैरहवामा देउवा पक्षबाट खडका र पौडेल पक्षबाट सन्जीव शर्मा रेग्मीको प्यानल चुनावी मैदानमा थियो। खड्काले  १ सय ३९ मत प्राप्त गरी सभापतीमा विजयी हुँदा अर्का उम्मेदवार रेग्मीले जम्मा ९३ मत ल्याए। सभापतीका अर्का उम्मेदवार सञ्जिव गुरुङले २ मत पाए।  

उपसभापतीमा  देवराज न्यौपाने र किरन कुमार घिमिरे, सचिवमा अनिल कुमार केसी र हरिमाया गुरुङ,सहसचिवमा आदर्श गुरुङ र कुष्णकुमार चाइ विजयी भए। भैरहवामा कुल २४१ मत खसेको थियो।  

देवदहमा भुर्तेल  

देवदह नगरपालिकाको सभापतीमा खुनाखर भुर्तेल निर्वाचित भएका छन्। भुर्तेलले १०३ मत प्राप्त गरी सभापतीमा निर्वाचित भए। भुर्तेल पाैडेल पक्ष मानिन्छन्। सभापती पदका अर्का उम्मेदवार झविन्द्र प्रसाद पाण्डेले १०० मत पाए। उपसभापतीमा भुर्तेलकै प्यानलका प्रमोद खनाल निर्वाचित भए। अर्को उपसभापती देउवा पक्षबाट अमर लामिछाने  विजयी भए। सचिवमा पौडेल पक्षका गणेश तिमिल्सिना र देउवा पक्षकानेत्रलाल रिजाल,सहसचिवमा पौडेल पक्षका मिलन मास्के राना र बैरागी थारु विजयी भए। कुल २०५ जना क्षेत्रीय प्रतिनिधिले मतदानमा भाग लिएकोमा २ मत बदर भयो।

सैनामैनामा  खनाल  

सैनामैना नगरपालिकाको सभापतीमा रणबहादुर खनाल विजयी भए। खनाल नेता भरत शाह पक्षका हुन। खनाल १२६ मत सहित सभापतीमा विजयी भएका हुन्।  सभापतीका अर्का उम्मेदवार कृष्णप्रसाद पोखरेलले १०२ मत ल्याए। पदाधिकारीमा पनि खनालकै प्यानल बिजयी भयो। उपसभापतीमा लक्ष्मी आर्चाय पौडेल र लोकमणी भट्टराइ,सचिवमा अर्जुन पौडेल र कृष्ण कँडेल विजयी भए। कँडेल पोखरेल पक्षका हुन्। सहसचिवमा शारदा रौतार र मन काउचा विजयी भए।  २४० मत खसेकोमा १२ मत बदर भयो।

लुम्बिनीमा खाँन सर्वसम्मत

लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतीमा मोहम्मद सइत खाँन सर्बसम्मत भए। उपसभापतीमा बृजेस चौरासीया र राधेश्यम गुप्ता,सचिवमा प्रेमबहादुर त्रिपाटी र राजन उपाध्याय,सहसचिवमा धर्मेन्द्र कुमार शर्मा र विजय पासवान सर्वसम्मत भएका छन्।  

५ पालिकामा सर्वसम्मत नेतृत्व

जिल्लाका ५ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भयो। लुम्बिनी सांस्कृतिक नगरपालिका,  गैडहवा गाँउपालिका,कोटहीमाइ गाँउपालिका,ओमसतीया गाँउपालिका र मर्चवारी गाँउपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए। गैडहवा गाँउपालिकाको सभापतीमा सत्यनारायण पथिक,कोटहीमाइको सभापतीमा अवधराम यादव,ओमसतीयाको सभापतीमा भगवानप्रसाद चौधरी र मर्चवारी गाँउपालिकाको सभापतीमा जनार्दन यादव निर्बिरोध निर्वाचित भएका छन्।  

कञ्चन गाँउपालिका सभापतीमा देविराम निर्वाचित भए।  रोहीणी गाँउपालिकाको सभापतीमा तारकनाथ योगी,मायादेवि गाँउपालिकामा पदम भण्डारी,सियारीमा गोपाल पाण्डे,सुद्धोधनमा दामोदर पौडयाल,सम्मरीमाइमा रमेश यादव विजयी भएका हुन्।

प्रकाशित: १० आश्विन २०७८ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App