२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

५० बढी जिल्लामा कांग्रेसको पालिका अधिवेशन

नेपाली कांग्रेसका ५० बाढी जिल्लामा शनिबार पालिका तहको अधिवेशन भएको छ। क्रियाशील सदस्यता टुंगो लगेका ६४ मध्ये अधिकांश जिल्लामा पालिकाहरूको अधिवेशन भएका हुन्। पार्टीको १४औं महाधिवेशन अन्र्तगत भदौ १८ देखि वडा अधिवेशन सुरु गरेको कांग्रेसले शनिबार दोस्रो तह (पालिका) तहको अधिवेशन गरेको हो। अधिवेशन भएका कतिपय पालिकाहरूमा सर्वसहमतिले नेतृत्व चयन भएको छ।  

केहीमा संस्थापन र इतर पक्षबीच बीच नेतृत्वका लागि प्रतिष्पर्धा भएको छ। केही पालिकाहरूले अधिवेशन उद्घाटन शनिबार गरेपनि नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन गर्ने तयारी गरेका छन्। कतिपयले सहमतिबाट नेतृत्व चयनका लागि समय लिएका छन्। एक दर्जन बढी जिल्लामा मतदाता नामावली नै तयार नभइसकेका कारण अधिवेशन हुन सकेको छैन। काठमाडौं, काभ्रे, सिन्धुपाल्चोकसहितका जिल्लामा शनिबार भएन। काठमाडौंको पालिको अधिवेशन असोज १६ गते गर्ने निर्णय गरेको छ। सिन्धुपाल्चोकमा भने विवादले अधिवेशन अनिश्चित बनेको छ।

नेता रामचन्द्र पौडेल पक्षले सबै जिल्लाको क्रियाशील सदस्यताको टुंगो लगाएर वडा धिवेशन भएपछि मात्र ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन अधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर सभापति देउवासहित संस्थापन पक्ष त्यसका लागि तयार नभएपछि सदस्यता टुंगो लागेर वडा अधिवेशन भएका ६४ जिल्लामा पालिकाको अधिवेशन नरोक्ने निर्णय गरेको हो। त्यसका साथै २१ हिमाली जिल्लाको सबै तहको अधिवेशन दसैं अघि नै सक्ने पनि कांग्रेसले निर्णय गरेको छ। बाँकी जिल्लाको भने दसैं तिहारपछि मात्र तल्लो तहका अधिवेशन हुने भएका छन्। अधिवेशन हुने २१ जिल्लामा १२ प्रदेशसभा क्षेत्र, १५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ गते जिल्ला अधिवेशन गर्ने कार्यातालिका सार्वजनीक भएको छ।

सभापति उठ्छु : सिंह  

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्। कांग्रेस काठमाडौं महानगरपालिका १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वमहामन्त्री सिंहले पार्टीमा आमूल परिवर्तन ल्याएर नम्बर वान म्यान भएर काम गर्ने निष्कर्ष निकालेको बताए। अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताउँदै सिंहले भने, ‘आफ्नो अनुभवबाट कन्क्लुजन गरेर अबचाहिं ‘नम्बर वान म्यानु भएर पार्टीलाई संस्थागत गर्छु भनेर लागि रहेको छु।’

प्रकाशित: १० आश्विन २०७८ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App