१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस गोरखाको छ पालिकामा सर्वसम्मत नेतृत्व

सर्वसम्मत चुनिएका पदाधिकारी ।

गोरखाका ११ स्थानीय तहमध्ये छ वटा पालिकामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन भएको छ । १४ औँ अधिवेशन अन्तर्गत शनिबार भएको स्थानीय तहको निर्वाचनमा चुमनुब्री गाउँपालिकामा सुर्य गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ, शहीदलखन गाउँपालिकामा काशिनाथ अम्गाई, अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ, गण्डकी गाउँपालिकामा होमबहादुर राना सर्वसम्मत नेतृत्वमा चयन भएका हुन् ।  

गोरखा नगरपालिकामा भने चन्दनबाबु खत्री र डिलबहादुर थापा मगरबीच प्रतिश्पर्धा हुने भएको छ । त्यहाँ मतदान प्रक्रिया चलिरहेको छ । पालुङटार नगरपालिकामा अमर धिताल र बिमल ढकालले उम्मेद्ववारी दर्ता गराएका छन् । त्यहाँ पनि निर्वाचन हुने पक्कापक्की छ ।  भिमसेन थापा गाउँपालिकामा नारायण भट्टराई र दिनेश (लक्ष्मण) नरालले उम्मेद्ववारी दर्ता गराएका छन् । लामो समय छलफल भएपनि अरु स्थानीय तहमा सहमती हुन नसक्दा निर्वाचन हुन थालेको कांग्रेसले बताएको छ । बारपाक सुलिकोट गाउँपालिकामा जितबहादुर घले र केशरी ढकालले पालिका सभापतिमा दावी गरेका छन् । त्यहाँ पनि निर्वाचन हुने संकेत देखिएको नेताहरुको भनाई छ ।  

सिरानचोक गाउँपालिकामा भने उम्मेद्ववार चारजना छन् । ज्ञानेन्द्र गुरुङ, बिरबहादुर थापा, भक्तबहादुर गुरुङ र जयकृष्ण ढकालले उम्मेद्ववारी दर्ता गराएका छन् । यहाँ चारै जनाले आफ्नो दावी छाडेका छैनन् । सबै पालिकामा शनिवार नै चुनावी प्रक्रिया अघि बढ्ने सहायक निर्वाचन अधिकृत शिबहादुर थापाले बताए ।  

प्रकाशित: ९ आश्विन २०७८ १०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App