१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जसपा चुप बस्ने लोसपाले कालो दिवस मनाउने

यही असोज ३ गते मनाउन लागिएको संविधान दिवसको दिन जनता समाजवादी पार्टी (जसपा) चुपचाप बस्ने भएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने उक्त दिन कालो दिवस मनाउने भएको छ। 

असोज ३ मा संविधान दिवस पनि मनाउँदैनाैँ, समर्थन पनि गर्दैनौं,’ प्रदेश २ सरकारका मन्त्रीसमेत रहेका जसपाका नेता विजय यादवले भने, ‘त्यस दिन हामी चुप लागेर बस्नेछांै।’

लोसपाका नेता केशव झाले भने असोज ३ गते ‘कालो दिवस’ मनाउने गरी तयारी गरिएको बताए। उक्त दिन देशभर विरोध गरिने उनले जानकारी दिए। 

नेपालको संविधान जारी गरेको दिन असोज ३ लाई कालो दिवसका रूपमा मनाउने कि नमनाउने भन्ने विषयमा विगत केही वर्षदेखि तराई–मधेस केन्द्रित पार्टीमा विवाद हुँदै आएको छ। पार्टी नफुटेको अवस्थामा गत वर्ष जसपाभित्र यही विषयमा विवाद उत्पन्न भएको थियो।

प्रकाशित: २ आश्विन २०७८ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App