१५ चैत्र २०८० बिहीबार
राजनीति

सुदूरपश्चिम प्रदेश : एकीकृत समाजवादीको संसदीय दलमा सोडारी

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी चयन भएका छन्। नेकपा एमाले विभाजपछि दोस्रोपटक बसेको संसदीय दलको बैठकले सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो।  

मंगलबार धनगढीमा बसेको नेकपा (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत रुपमा मन्त्री सोडारीलाई संसदीय सदको नेतामा चयन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्। उनले भनिन्, ‘आज बसेको बैठकले दुईवटा महत्वपूर्ण निर्णय गरेको छ, जसमा दलको नेता छान्ने र संसदीय दलको विधान पारित गर्ने काम भएको छ।’

यसअघि दलको सोमबार बसेको पहिलो बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो। नेकपा एमाले छाड्दै सुदूरपश्चिममा १४ जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए।

प्रकाशित: २९ भाद्र २०७८ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App